समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीयः प्रमुख मानन्धर
स्याङ्जा | फागुन २२, २०७९
स्याङ्जा: स्याङ्जाको हरीनास गाउँपालिका स्याड्जामा महिला शसक्तिकरण तथा क्षमता विकासका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन भएको छ ।
हरीनास गाउँपालिका स्याङजाद्घारा महिला जनप्रतिनीधिहरुको क्षमता अभिवृद्धिका लागि आयोजित तालिमको समापनमा बोल्दै प्रमुख अतिथी हरीनास गाउँपालिकाका अध्यक्ष खीम नारायण मानन्धरले समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीय हुने बताए । बोल्ने कलाको विकासले महिलाहरु अगाडी बढन निकै सहयोगी हुदा सफल नेतृ बन्न यो तालिम सहयोगी हुने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै पुर्व वडाध्यक्ष तथा स्वकीय सचिव पर्शुराम सिग्देलेले छोटो समयको तालिमले महिलाहरुमा आएको परीवर्तन देख्दा खुशी लागेको बताए । कार्यक्रममा प्रशिक्षक तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली ,वडा सदस्य गुन्जन मानन्धर लगायतकाले मन्तव्य राखेका थिए भने तालिममा सहभागीहरुले समापन कार्यक्रमको सञ्चालन र सिकाईका अनुभवहरु बाँडेका थिए ।
करिव १८ जना सहभागी तालिमको समापन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष इन्दा्र कुमारी थापा रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको संयोजन महिला तथा वालवालिका शाखा संयोजक शुकु माया थापाले गरेकी थिइन ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

